News Portal

  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १२८८ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंकले संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन भनेको छ । इच्छुक शेयरधनीलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा कार्यालय समयभित्र आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्