News Portal

  • एनएमबि बैंक र आइएमएसबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १२४९ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा छुट पाउने भएका छन् ।
    एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको हो ।
    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका हुन् ।
    दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यका साथ आइएमएसले यो अभियान सुरु गरिएको बैंकले जनाएको छ ।
    एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा १ हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्