News Portal

  • एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई कृषि ऋण दिने

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    ११७७ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई उक्त सुविधा गर्ने सम्झौता गरेको हो ।
    सम्झौतापत्रमा बैंकका सिईओ जीके नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्तान्तरण गरेका छन् । सम्झौताअन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउने भएको छ ।

    प्रतिकृया दिनुहोस्