News Portal

  • उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १०७८ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । पछिल्लो वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
    उनका अनुसार बितेको २४ घण्टामा देशभर भने २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।
    यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९ सय ३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।
    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । यस्तै थप १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७ सय ३९ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्