धनगढी । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् ।
यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय ५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका छन् । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा भएको थियो ।
अब अर्काे रेकर्ड आगामी अक्टोबर २० मा मोष्ट मार्शल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन् ।
हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार छ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यसपश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइने जनाइएको छ ।
तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विश्व कीर्तिमान कायम
आर्थीकसंसार संवाददाता३० असोज, २०७७
३० असोज, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण