News Portal

  • आइएमईद्वारा कोभिडका कारण ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १५७४ पटक
    २७ असोज, २०७७

    काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त कोशमार्फत कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता गर्ने कम्पनीले जनाएको छ ।
    कोशमा वि.सं. २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोरोना भाईरसका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् । उक्त आवेदनमा थप छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्