News Portal

  • मुक्तिनाथ बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७७
    १९६३ पटक
    २६ असोज, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखा परीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसनमा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकाले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
    अडानले लेखा व्यवसायसंग सम्बन्धित लेखापरीक्षक एवम् लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रीय कार्य समिति रहेका छन् ।
    मुक्तिनाथ बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्