News Portal

  • आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १८४८ पटक
    २५ असोज, २०७७

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पुँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र यो लाभांश लगानीकर्ताहरुले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्