News Portal

  • जनरल इन्स्योरेन्सको सेयर २ लाख ७० हजारले पाए

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    १२१८ पटक
    २० असोज, २०७७

    काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो ।
    क्यापिटलका अनुसार २ लाख ७० हजार जना आवेदकले कम्पनीको १० कित्ताको दरले २७ लाख कित्ता सेयर हात पारेका छन् । बाँकी ५ लाख २४ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।
    गत असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७ सय ३४ जनाबाट आवेदन २ करोड १४ लाख कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो ।
    जसमध्ये २ हजार १ सय ८८ जना आवेदकबाट परेको ४८ हजार ६ सय ४० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक नभएको रद्द गरिएको र बाँकी ७ लाख ९४ हजार ५ सय ४६ आवेदनबाट २ लाख ७० हजारलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

    प्रतिकृया दिनुहोस्