News Portal

  • मुक्तिनाथ बैंकद्वारा धनगढी बसपार्कलाई ट्याङकी हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १६११ पटक
    १९ असोज, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका–४ का अध्यक्ष दीपक थापालाई हस्तान्तरण गरेका थिए ।
    सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दीपक थापाले मुक्तिनाथ बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थए । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदूरपश्चिमकै केन्द्र विन्दु रहेकाले यात्रुको आवतजावत धेरै हुने भएकाले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्