News Portal

  • सामलिङ्ग पावरको आइपीओ निष्काशन

    बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैकिङ्ग नियुक्त

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १७०३ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आइपिओको बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएको छ । कम्पनीको प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड तिस लाख) आइपीओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई बैकिङ्ग कम्पनी नियुक्त भएको हो । यसका साथै कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौतासमेत गरिएको छ ।
    सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
    उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कम्पनीे अध्यक्ष विजयबहादुर राजभण्डारी तथा सञ्चालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख वित्तीय अधिकृत कृष्ण सिग्देलको उपस्थिति रहेको थियो । ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माणाधीन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्