News Portal

  • जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड मंगलबार हुने

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७७
    १८६७ पटक
    १८ असोज, २०७७

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड आगामी मंगलबार हुने लगभग निश्चित भएको छ । सेबोनबाट अनुमति प्राप्त गर्न ढिलाई भएकाले भोलि सोमबार नै गर्ने तय गरिएको बाँडफाँड मंगलबार हुने कम्पनीले जनाएका छ । कम्पनीका महाप्रबन्धक एसके तमोटले सोमबार नै बाँडफाँड गर्ने प्रयास जारी रहेको र भोलि नै बाँडफाँड हुने सम्भावना अझै रहेको बताएका छन् ।
    जनरल इन्स्योरेन्सका अनुसार सेबोनबाट बाँडफाँड गर्नेसम्बन्धी प्रि एलोटमेन्ट स्वीकृत हुन बाँकी रहेकोले ढिलाई भएको हो । भोलि बिहानै स्वीकृत प्राप्त गरेमा भोलि नै र अन्यथा पर्सी सोमबार बाँडफाँड हुनेछ । कूल आठ लाख २० हजार ४०० आवेदकमध्ये दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्