News Portal

  • आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला

    आर्थीकसंसार संवाददाता१० असोज, शनिबार, २०७७
    १२४७ पटक
    १० असोज, शनिबार, २०७७

    काठमाडौं । आइतवारदेखि जनरल इन्स्योरेन्स कम्पनी नेपालले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँटपश्चात बाँकी रहेको ं२७ लाख ३० हजार कित्ता सार्वजनिक निष्काशनमार्फत बिक्री गर्न लागेको हो ।
    जनरल इन्स्योरेन्सले यो आईपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म बिक्रीमा रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
    नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोकेबमोजिम चुक्ता पुँजी कायम गर्न आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।
    हाल संस्थापकतर्फको ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ । आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २ दशमलव २५ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्