News Portal

  • लिवर्टी इनर्जीको शेयर नेप्सेमा कारोबार सुरु

    आर्थीकसंसार संवाददाता४ असोज, २०७७
    १०६२ पटक
    ४ असोज, २०७७

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ ।
    कम्पनीको ३ हजार २ सय ६० कित्ता शेयर प्रति कित्ता ३ सय रूपैयाँमा भएको हो । गत शुक्रबार कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म को कारोबार रेञ्ज प्रदान गरेको थियो ।
    शेयर कारोबार खुलेको केही मिनेटमा नै १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ । पहिलो कारोबार दिनमै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो ।

    प्रतिकृया दिनुहोस्