News Portal

  • नेटवर्किङ व्यवसायमा ठगीको उजुरी आएपछि वाणिज्य विभागले गरायो सतर्क

    आर्थीकसंसार संवाददाता३ असोज, २०७७
    १४६१ पटक
    ३ असोज, २०७७

    काठमाडौं । नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसको जालो सक्रिय रहेको खुलेको छ। यसबाट ठगीमा परेको भन्दै उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
    उजुरी आएपछि अनुसन्धान थालिएको विभागका अधिकारीहरूले बताएका छन् । गुनासो र उजुरी बढ्न थालेपछि विभागले सर्वसाधारणलाई नेटवर्किङबाट छिटो र धेरै पैसा पाइने प्रलोभनमा नपर्न पनि सचेत गराएको छ ।
    केही नेपाली कम्पनी, व्यक्ति तथा विदेशीहरु समेतले विभिन्न सामानको वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानूनी रूपले नेटवर्किङ धन्दा चलाएर ठगी गर्न थालेको उजुरी विभागमा पुगेको हो । नेपालभित्रै तथा विदेशमा रहेका नेपालीहरु समेतलाइ आबद्ध गरी ठगी गरेको र पुँजी अपचलन गरेको उजुरी आउन थालेपछि गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको हो ।
    प्राप्त गुनासो र उजुरीका आधारमा विभागले केही व्यक्ति तथा कम्पनीहरुमा उपर जाँचबुझ थालेको छ । त्यस्ता गैरकानूनी व्यावसायिक काम कारबाही गरे वा गराएमा कैद, जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

    प्रतिकृया दिनुहोस्