News Portal

  • नेपाल बक्सिङ संघद्वारा उज्वेकिस्तानी प्रशिक्षक रहिमुभ बिदाई

    आर्थीकसंसार संवाददाता३ असोज, २०७७
    ११८७ पटक
    ३ असोज, २०७७

    नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे ।
    रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
    रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बक्सिङ संघले जनाएको छ । उनको प्रशिक्षणमा नेपालले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो । १३औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए ।
    बिदाईका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताउँदै रहिमुभसहित उज्वेकिस्तान बक्सिङ संघ र आइबालाई धन्यवाद दिए । प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए ।

    प्रतिकृया दिनुहोस्