News Portal

  • कोरोनाको मारमा परेका भलिबल खेलाडीलाई राहत प्रदान

    आर्थिकसंसार डटकम१ असोज, २०७७
    १४२० पटक
    १ असोज, २०७७

    काठमाडौं । नेपाल भलिबल संघले कोरोना महामारीका कारण मारमा परेका खेलाडीलाई राहत वितरण सुरु गरेको छ ।
    संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो ।
    संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई राहत सहयोग गरेको हो । कोरोना महामारीबाट अन्य सबै क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि प्रभावित छ । खेलकुद गतिविधि नहुँदा खेलाडी र उनीहरुका परिवार समस्यामा पर्न थालेका छन् । सोही अवस्थालाई मध्येनजर राख्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको हो ।
    राहत समितिका संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले सलिनाको निवास दक्षिणकाली नगरपालिका टौदह र उषाको निवास टोखा नगरपालिका नयाँ बसपार्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन् । यस्तै संघले गृह जिल्ला बाग्लुङमा रहेका बिच भलिबलका राजु विकलाई उनकै खातामा आर्थिक सहयोग पठाइसकेको संयोजक मास्केले बताइन् । ‘राष्ट्रिय स्तरका सबै खेलाडीको तथ्यांक संकलन गरिरहेका छौं । अति आवश्यक देखिएकालाई पहिलो चरणमा तत्काल राहत उपलब्ध गराएका हौं । संकटमा परेका सबै खेलाडीलाई राहत उपलब्ध गराउने योजना छ ।’ मास्केले भनिन् ।

    प्रतिकृया दिनुहोस्