News Portal

  • बूढानीलकण्ठलाई स्वच्छ, शान्त र समृद्ध पर्यटकीय नगर बनाउने छौं

    २४७९ पटक

    उद्धवप्रसाद खरेल
    नगरप्रमुख : बूढानीलकण्ठ नगरपालिका, काठमाडौं


    कोरोना महामारीमा बुढानिलकण्ठ नगरपालिकाले कसरी काम गरिरहेको छ ?
    स्वास्थ्य मन्त्रालयको मापदण्ड र सीसीएमसीको निर्देशिका अनुसार माक्स लगाउने, सामाजिक दुरी कामय गर्ने, साबुनपानी वा सेनिटाईजरले बरोबर हात सफा गर्ने, भिडभाड कम गर्नेलगायत सुरक्षाका सबै उपाय अवलम्बन गरेर सबै कर्मचारी र जनप्रतिनिधि दैनिक खटेर काम गरिरहेका छौं । हामीले लकडाउनको बेला र निषेधाज्ञा भएको बेला अलि कम कर्मचारी बोलाएर काम गर्यौं, अत्यावश्यक बाहेकका सेवा रोक्यौं तर त्यो बेलामा पनि हामी जनप्रतिनिधिहरु कुनै दिन घर बसेनौं सँधै कार्यालय आएर हाजिर भएर जनताको हेरविचारमा खटिरह्यौं, म आफै पनि २४ घण्टा खटेँ, अरु साथीहरु खट्नुभयो, कर्मचारी खटे यसरी हामीले काम गरेका छौं ।

    “मुलुकमा यो रोग फैलने बित्तिकै हाम्रो नगरपालिकाले सरकारद्वारा जारी सुरक्षाका उपायहरु अवलम्बन गर्न र कोभिड–१९ रोग यस्तो हो, यसरी लाग्छ, यसबाट बच्न यसरी सुरक्षित रुपमा बस्नुपर्छ, यो रोग लाग्न नदिने सबैले सरकारलाई सहयोग गर्नुपर्छ भनेर सिकाउनेदेखि सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, जनसचेतनता फैलाउने, नगरका सबै ठाउँमा स्वयंसेवीहरु खटाएर माइकिङ र पोष्टरिङसमेत गरेर नगरबासीलाई सूचित गर्ने लगायतका काम गर्यौं । चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि समस्यामा परेका गरिब नगरबासी जनतालाई राहत बाँड्ने, क्वारेन्टाइन बनाउने, राख्ने, आइसोलेसन होम बनाउने राख्ने, कोरोना संक्रमण पुष्टि भएकालाई उपचार गर्नेदेखि सुरक्षित बस्ने सन्दर्भमा गर्नुपर्ने सबै काम व्यापक रुपमा गर्यौं ।”


    यो अप्ठ्यारो बेलामा खासगरी कस्ताकस्ता काम गरिरहनुभएको छ त ?
    बूढानीलकष्ठ नगरपालिका काठमाडौंका १६ वटा नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका हो । कोभिड–१९ बाट विश्व प्रभावित भइरहेको वर्तमान अवस्थामा हाम्रो मुलक पनि त्यसबाट अछुतो रहन सकेको छैन । जुन रोगबाट हाम्रो नगरपालिका पनि प्रभावित भएको छ । मुलुकमा यो रोग फैलने बित्तिकै हाम्रो नगरपालिकाले सरकारद्वारा जारी सुरक्षाका उपायहरु अवलम्बन गर्न र कोभिड–१९ रोग यस्तो हो, यसरी लाग्छ, यसबाट बच्न यसरी सुरक्षित रुपमा बस्नुपर्छ, यो रोग लाग्न नदिने सबैले सरकारलाई सहयोग गर्नुपर्छ, भनेर सिकाउनेदेखि सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, जनसचेतनता फैलाउने, नगरका सबै ठाउँमा स्वयंसेवीहरु खटाएर माइकिङ र पोष्टरिङसमेत गरेर नगरबासीलाई सूचित गर्ने लगायतका काम गर्यौं । चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि समस्यामा परेका गरिब नगरबासी जनतालाई राहत बाँड्ने, क्वारेन्टाइन बनाउने, राख्ने, आइसोलेसन होम बनाउने राख्ने, कोरोना संक्रमण पुष्टि भएकालाई उपचार गर्नेदेखि सुरक्षित बस्ने सन्दर्भमा गर्नुपर्ने सबै काम व्यापक रुपमा गर्यौं । लकडाउनको अन्त्य भएपछि स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर नियमित रुपमा खटेर काम गर्यौं, अहिले पनि गरिरहेकै छौं । सुरुमा यस नगरपालिकामा १० जना संक्रमित थिए, तर साउनदेखि बढ्दै गएर अहिले निषेधाज्ञाको समयसम्म आइपुग्दा ३ सय ५० जना जति हाम्रोमा संक्रमित भएको देखिएको छ । अहिले १ सय ३० जना जति बिरामी छन् । त्यसमध्ये ३० जना जति सक्रिय संक्रमित छन् भने बाँकी १ सय होम आइसोलेसनमा रहेका छन् । हामीले गरिब जनतालाई खाना खुवाउने कामदेखि रोजगारी दिनेसम्मका काम व्यापक रुपमा गर्यौं । अहिले पनि हामीले रुघा, खोकी, ज्वरो आएकालाई अस्पताल पठाएर उपचार गरिरहेका छौं, आवश्यक पर्यो भने आईसोलेसन तयारी अवस्थामा बनाएर राखेका छौं । अहिले नगरबासीहरु होमआइसोलेसनमै हुनुहुन्छ । उहाँहरुलाई केही समस्या भएको अवस्थामा सहयोग गर्ने, काउन्सिलिङ गर्ने, केही अप्ठ्यारो परेमा सहयोग गर्नेदेखि पछिल्लो समयमा कन्ट्याक टे«सिङलाई अलि बढाएका छौं । आजमात्रै पनि २० जनामा संक्रमण देखिएको छ । जति धेरै कन्ट्याक टे«सिङ परीक्षण बढायो, त्यति धेरै संक्रमित देखिँदा रहेछन् । संक्रमण देखि सकेपछि बलिया बाङ्गालाई पनि जबर्रजस्ती पक्राउ गरेर क्वारेनटाईनमा पठाई हाल्नुपर्ने नियम हुँदोरहेछ । यस्तो अवस्थाले त राज्यले धान्न सक्लाजस्तो मैले देखेको छुइनँ । त्यसैले यो मानसिकत्ता परिवर्तन गरेर गम्भीर समस्या भएकालाई आइसोलेसनमा राखेर, अस्पताल राखेर उपचार गर्ने सामान्य अवस्थामा रहेका र अन्य मानिसले यसलाई छल्दै लड्दै भिड्दै काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

    नेपालीहरुका ठूला चाडबाड आइरहेको, भोकले कतिपय विपन्न वर्गका मानिसहरुको छाक रहने अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरेर, सतर्कता अपनाएर आर्थिक गतिविधिका काम गर्नुपर्छ भन्ने नै सबैको धारणा र सुझाव छ । त्यसका लागि निषेधाज्ञा खुकुलो बनाउनुपर्छ र कोरोनासँगै विकास निर्माण एवम् जनताको जीवन सञ्चालन गर्नुपर्छ । यद्यपि यसमा अहिलेसम्म बाधै परेकाले हाम्रो योजनाअनुसार काम हुन सकेको छैन ।


    यो बेला विकास निर्माणका काम त हुन सकेका छैनन् होला नि ?
    जुनबेला हामीले विकास निर्माणका काम गर्नुपर्ने थियो, त्यही बेलादेखि बन्दाबन्दी भएकाले पूर्वाधार निर्माणका कामहरु हुन सकेका छैनन् । हामीले अहिले झण्डैझण्डै १ अर्ब २३ करोड बराबरको विकास निर्माणका कामहरु गर्नुपर्ने छ । ती कतिपय कामहरु ठेक्का लागि सकेका छन् भने कतिपय लाग्न बाँकी छन् । यी सम्पन्न गर्नुपर्ने छ भने कर उठाउनेदेखि जनताका अति आवश्यकीय कामहरु पनि सम्पन्न गर्नुपर्ने छ । त्यसैले अब सीसीएमसीको निर्देशिका पालना गरेर स्वास्थ्य प्रोटोकल पूरा गरेर काम गर्नुपर्छ भन्ने नगरपालिका फोरमको धारणा छ । त्यसका लागि सरकारले पनि सहज गर्नुपर्छ भन्ने सल्लाह स्थानीय सरकारहरुले केन्द्र सरकारलाई दिइसकेका छन् । हुन त जनताको ज्यान बचाउने नै कुरा नै अहिलेको मुख्य विषय हो । भोलि संक्रमित बढेको खण्डमा फेरी बन्दाबन्दी गर्नुपर्ने अवस्था पनि आउन सक्छ तर नेपालीहरुका ठूला चाडबाड आइरहेको, भोकले कतिपय विपन्न वर्गका मानिसहरुको छाक रहने अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरेर, सतर्कता अपनाएर आर्थिक गतिविधिका काम गर्नुपर्छ भन्ने नै सबैको धारणा र सुझाव छ । त्यसका लागि निषेधाज्ञा खुकुलो बनाउनुपर्छ र कोरोनासँगै विकास निर्माण एवम् जनताको जीवन सञ्चालन गर्नुपर्छ । यद्यपि यसमा अहिलेसम्म बाधै परेकाले हाम्रो योजनाअनुसार काम हुन सकेको छैन ।

    सिङ्गो मुलुकमा कोभिडकै कारण सय पचास जना मरे होलान् सिङ्गो राज्यले १३ अरब रुपैयाँ खर्च गरिसक्यो, हामीले नै पनि ५ करोड रुपैया खर्च गरेर काम गरीसक्यौं मानिसहरुले केही भएन भनेर भ्रम फिंजाएका फिँजायै छन् । जहाँसम्म जनताको मागको कुरा छ, जनताले बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत छिटोछरितो प्रशासनिक सेवाको माग गर्छन् ।


    जनताले के भन्छन्, तपाईंसँग के कुराको बढी माग गर्छन् नि ?
    २० प्रतिशत नगरबासी अनि देश र जनताको हितमा काम गर्ने तपाईंहरु जस्ता सञ्चारकर्मीले नगरपालिकाले राम्रै गरेको छ, जनताकै हितमा काम गरेको छ, मेयरले राम्रै काम गरेको छ भनेका छन् बाँकी जनता र स्वार्थ प्रेरित मिडिया र कतिपय सामाजिक सञ्जालमा मानिसहरुले नगरपालिकाले केही गरेन, मेयरले केही गरेन, खोइ केपो भोर, हामीलाई केही दिएन, खान पाइएन, मेयर यस्तो, उस्तो भनेर गालि गरेको, नकारात्मक समाचार दिएको, जनतालाई भ्रममा पारेको, प्रोपोगाण्डा फैलाएको देखिन्छ । कतियलाई नगरपालिकाले राम्रो गरेको छ भन्न असजिलो लागेर, नराम्रो मात्र भन्ने बानि परेकालाई त्यस्तै नकारात्मक प्रचार गरेर भाइरल हुन मन हुँदोरहेछ । अर्थात् केन्द्र सरकारलाई जसरी खेद्ने, नकारात्मक प्रचार गरेर कमजोर पार्ने काम भइरहेको छ, त्यसबाट हामी पनि अछुतो छैनौं, हामीलाई पनि त्यसैगरी खेदिरहेका छन् । अहिलेसम्म यहाँ ४ जना मानिस मरेका छन्, सिङ्गो मुलुकमा कोभिडकै कारण सय पचास जना मरे होलान् सिङ्गो राज्यले १३ अरब रुपैयाँ खर्च गरिसक्यो, हामीले नै पनि ५ करोड रुपैया खर्च गरेर काम गरीसक्यौं मानिसहरुले केही भएन भनेर भ्रम फिंजाएका फिँजायै छन् । जहाँसम्म जनताको मागको कुरा छ, जनताले बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत छिटोछरितो प्रशासनिक सेवाको माग गर्छन् ।
    के–कस्ता कुरालाई बढी प्राथमिकताका राखेर काम गरिरहनुभएको छ त ?
    बुढानिलकण्ठ नगरपालिका बनेको ५ वर्ष भयो, चुनाब भएको ३ वर्ष भयो । निर्वाचनमा हामी जनताकोमा जाँदा हात उठाएर पाँचवटा औंला देखाएर ५ वर्षमा हामी ५ वटा काम गर्नेछौं भनेका थियौं । ती ५ काममा पहिलो सुशासन, दोस्रो भौतिक पूर्वाधारका विकास, तेस्रो सामाजिक विकास, चौथो, आर्थिक विकास र पाँचौं बन, वातावरण तथा विपद् व्यवस्थापनका काम । अहिले हाम्रौ सारा ध्यान त्यसैमा छ, त्यहीसँग सम्बन्धित विकासका काम हामीहरु युद्धस्तरमा गरिरहेका छौं । तर, अब मानिसहरुका त असिमित इच्छा र माग हुन्छन्, कसैलाई बाटो, कसैलाई पानी, कसैलाई ढल, कसैलाई स्वास्थ्य उपचार, कसैलाई शिक्षा, कसैलाई रोजगारी,, कसैलाई कर छुट, कसैलाई सुन्दर पार्क निर्माण, कसैलाई खेल मैदान निर्माण, कसैलाई भौतिक पूर्वाधार विकास निर्माण, कसैलाई वातावरणको स्वच्छता, कसैलाई फोहोरमैला नियन्त्रण आदिइत्यादि थरिथरिका मानिसको थरिथरिका माग छन् । ती थरिथरिका आकांक्षा भएका नगरबासीले भोट हालेर जितेका हामी जनप्रतिनिधि त्यसैले हामीले सबैको इच्छा, आकांक्षा, चाहना र आवश्यकतालाई समेटेर सन्तुलनमा राखेर काम गर्नुपर्छ, जनताकै हितमा काम गर्नुपर्छ । गरी पनि रहेका छौं । नगर्नेहरुलाई जनताले कारबाही गर्ने, गुनासो गर्ने, गालि गर्ने सबै अधिकार पनि छ । तर त्यो भन्दा अगाडि राम्रो गर्यो गरेन भनेर बुझ्ने हेर्ने, राम्रो गरेको कुरालाई आहा क्याबात्, हाम्रो मेयरले, नगरपालिकाले कति राम्रो काम गर्यो भनेर सकारात्मक प्रचार गरिदिन पनि पर्यो, भए गरेका काममा जस पनि दिनपर्यो । त्यसैले हामीले पनि यी नै जनताले उठाएका मागहरु बाटोघाटो, सडक निर्माण विस्तार, त्यसको स्तरीकरण, भौतिक पूर्वाधार निर्माण, स्वच्छ हराभरा नगरपालिका बनाउने, रोग भोकले समस्या नभएको नगर बनाउने, जनता सुखी भएको नगर बनाउने, अस्पताल, स्वास्थ्यचौकी बनाउने आदिइत्यादि कामलाई अभियानकै रुपमा अगाडि बढाउने काममा लागेका छौं ।

    “हामी पनि सिक्दैछौं, गर्दैछौं, समय लाग्छ, हुन्छ, हुँदै पनि छ । अझै पनि दुईबर्ष बाँकी नै छ । सबै कुराको जग बसिसकेको छ, अब काम हुन्छ । हामी ईच्छा शत्तिकासाथ गर्नुपर्छ भनेर लागेका छौ, गर्छौं ।”


    योजना र सोचअनुसार काम भएका छन् कि छैनन् त ?
    हामीलाई निर्धारित लक्षमा पुग्न र हाम्रो लक्षअनुसार काम गर्न गाह्रै भएको छ । जुनबेला हामीले हाम्रो लक्षअनुसार विकास निर्माणका काम गर्नुपर्ने थियो, त्यही बेलादेखि बन्दाबन्दी भयो, राम्ररी काम गर्न नपाएको ७,८ महिना भइसक्यो, हाम्रो कर्मचारी संयन्त्र पनि यही हो, बानि नपरेको, संघीयताका कारण भर्खर भर्खर काम सिक्दै गरेको, नयाँ नयाँ ठाउँबाट आएको, सबै कुरा बुझि नसकेको, अलि ढिलो ढिलै छ, थिति नबसी सकेको, कर्मचारी पनि परिवर्तन भएको भएै हुने कुराले सोचे जति हुन गर्न सकेको छैन । हामी पनि सिक्दैछौं, गर्दैछौं, समय लाग्छ, हुन्छ, हुँदै पनि छ । अझै पनि दुईबर्ष बाँकी नै छ । सबै कुराको जग बसिसकेको छ, अब काम हुन्छ । हामी ईच्छा शत्तिकासाथ गर्नुपर्छ भनेर लागेका छौ, गर्छौं ।

    “जनतालाई सेवा गर्दा पनि कतिपय सन्तुष्ट हुन सकेनन्, मलाई भएन, पुगेन, नगरपालिकाले गर्दै गरेन भन्नेसम्मका गुनासाहरुका बीच काम गर्नुपर्ने अवस्था छ । तथापि, हामीले यी सबैलाई ध्यानमा राखेर जनताको हितकै खातिर यसवर्ष निक्कै काम गर्नेगरी अघिल्लो वर्षको बाँकी रहेको बजेटलाई समेत थपेर अलिक ठुलै भोलुमको बजेट ल्याएका छौं । विकास निर्माणको राम्रो योजनासहित लक्ष भेदन गर्नेगरी झण्डै दुई अर्ब बराबरको बजेट ल्याएका छौं ।”


    अन्य कतिपय नगरपालिकाहरु भाडामा बसिरहेको बेला तपाईहरुले सुन्दर भवन निर्माण गर्नुभएको छ, बजेटमा के–के कुरालाई बढी प्राथमिकतामा राखेर काम गर्दै हुनुहुन्छ ?
    हामीले गत वर्षलाई भौतिक विकास निर्माणको वर्ष भनेर घोषणा पनि, सुरुवात पनि गर्यौं, त्यसका लागि टेण्डर गर्न पनि तयारी गर्यौं, त्यसका लागि प्राविधिकको समस्या रहेको थियो, त्यसलाई पनि जिनोतिनो समाधार गरेर काम गर्न थाल्न खोजेका थियौं कोरोना आएर सबै ठप्प पारिदियो । यसमा त कस्तो हुँदो रहेछ भने महामारी आयो काम नगर, तलब दिन्छौं, जाउ सबै घर बस, घर बसेर खाउ, काम गर्न आउनपर्यो भनेर हामीले बोलाउन पर्यो भने भत्ता दिन्छौं भनेर भन्नुपर्ने अवस्था आयो । त्यतिमात्र होइन, नगरपालिकामा कहाँ कोरोना छ भनेर खोज्दै हिँड्ने, कुनै ठाउँमा एउटा देखियो भने सिँगो नगरपालिकामा प्रत्येक व्यक्तिमा कोरोना खोज्दै हिँड्नुपर्ने, सारा खर्च गरेर भए नभएकालाई पीसीआर परीक्षण गर्नुपर्ने, उपचार गर्नुपर्नेदेखि कोही खानले नमरुन् भनेर ५ करोडको त राहत नै बाँड्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यति गरेर जनतालाई सेवा गर्दा पनि कतिपय सन्तुष्ट हुन सकेनन्, मलाई भएन, पुगेन, नगरपालिकाले गर्दै गरेन भन्नेसम्मका गुनासाहरुका बीच काम गर्नुपर्ने अवस्था छ । तथापि, हामीले यी सबैलाई ध्यानमा राखेर जनताको हितकै खातिर यसवर्ष निक्कै काम गर्नेगरी अघिल्लो वर्षको बाँकी रहेको बजेटलाई समेत थपेर अलिक ठुलै भोलुमको बजेट ल्याएका छौं । विकास निर्माणको राम्रो योजनासहित लक्ष भेदन गर्नेगरी झण्डै दुई अर्ब बराबरको बजेट ल्याएका छौं । यो सबै काम यो वर्ष गर्ने भनेर ल्याएका थियौं तर अहिले बजेट ल्याएको पनि तीन महिना बितिसक्यो काम गर्न पाएको छैनौं । अब परिस्थिति संलियो, कोभिडको अन्त्य भयो भने हामीले अक्ष भेदन गर्न सक्छौं, हामीले बनाएको योजना र बजेट कार्यान्वयन गर्न सक्छौं । यदि त्यसो भएन, परिस्थिति झन् गम्भीर बन्दै गयो, झनेपछि झन् समस्या थपिँदै गयो फेरी पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो भने हामीलाई जति गालि गरे पनि काम हुन सक्दैन, जनचाहना पूरा गर्न सकिँदैन, लक्ष भेदन गर्न सकिँदैन । हामीले विशेष गरेर कृषि र पर्यटनलाई पहिलो प्राथमिकत्तामा राखेर काम गरिरहेका छौं । जहाँसम्म नगरपालिकाको कार्यालयको कुरा उठाउनुभयो, पहिले हामीलाई भाडामा बस्दा काम गर्न असहज थियो, साँगुरो थियो, काम गर्ने नै असजिलो हुने थियो त्यसैले भवन बनाउने कृुरालाई पहिलो प्राथमिकतामा राखेर भवन निर्माण गर्यौं । काठमाडौंका १६ वटा नगरपालिकामध्ये हामी सबै भन्दा पहिला आफ्नै भबन बनाएर सर्यौं । अझै थप्दैछौं, बनाउँदै छौं । मिनि सिंहदरवार बनाएर जनताले वहाँ भन्ने गरी भवन बनाउँछौं भनेका थियौंं, त्यसमा पनि अलिकति ढिलासुस्ती भएको छ । तैपनि हामीले यसको ७० प्रतिशत काम सम्पन्न गरेका छौं । नगरपालिका कार्यालय जाँदा आहा हाम्रो नगरपालिकको भवन भन्ने होस्, जनताले त्यो फिल गरुन् भनेर काम गर्दैछौं । यसबाहेक शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमित्तामा राखेर काम गरिरहेका छौं ।

    समयमा काम गर्नेले नगर्दिने, आफूले भने बमोजिम काम नहुने, काम गर्न सामान नपाउने, कारणले हामीले लिएको लक्षमा कुनै ७० प्रतिशत, ६० प्रतिसत कुनै ५० प्रतिशत जतिमात्र सम्पन्न गर्न सकेका छौं । हामी कुनै पनि आयोजना वा काम सम्पन्न गर्न ५० प्रतिशतबाट तल नझर्ने सकेसम्म ७० प्रतिशतको म्यारिटमै पुग्ने गरी काम गर्ने योजनामा छौं, अहिले यो हाम्रो परीक्षाको घडी पनि हो, सेकेण्ड डिभिजन त हाम्रो छँदैछ, तर हामी फस्टडिभिजन नै ल्याउने योजनामा छौं,


    काम गर्न चुनौति के–के छन् नि ?
    हरेक काममा चुनौति त हुन्छन् नै । यो नगरपालिकामा काम गर्ने सन्दर्भका चुनौतिहरुमा यहाँको सामाजिक एकता अलि कमजोर छ, समाज अलि विभत्स छ, नकारात्मक सोच राखेर विरोधका लागि विरोध गर्ने मानिसहरु समाजमा अलि बढी नै छन्, जनताको अपेक्षा धेरै, त्यसलाई पूरा गर्ने स्रोत साधनको कमी, नमिल्दो विधि, पद्धति, नमिल्दो मेकानिजम, प्रदेश सरकार र स्थानीय सरकारका बीचमा काम देखाउने, स्रोतको उपयोगजस्ता कतिपय कुरामा मत बाझिएर काममा समस्या आउने एवम् दक्ष कर्मचारीको अभाव, भएका कर्मचारीको पनि काम गर्ने शैली पुरानै पाराको भएकाले जनताको माग सम्बोधन गर्न नसकिने अवस्था हुन्छ । त्यसबाहेक समयमा काम गर्नेले नगर्दिने, आफूले भने बमोजिम काम नहुने, काम गर्न सामान नपाउने, कारणले हामीले लिएको लक्षमा कुनै ७० प्रतिशत, ६० प्रतिसत कुनै ५० प्रतिशत जतिमात्र सम्पन्न गर्न सकेका छौं । हामी कुनै पनि आयोजना वा काम सम्पन्न गर्न ५० प्रतिशतबाट तल नझर्ने सकेसम्म ७० प्रतिशतको म्यारिटमै पुग्ने गरी काम गर्ने योजनामा छौं, अहिले यो हाम्रो परीक्षाको घडी पनि हो, सेकेण्ड डिभिजन त हाम्रो छँदैछ, तर हामी फस्टडिभिजन नै ल्याउने योजनामा छौं, त्यहीअनुसार काम गरिरहेका छौं । कोभिडले केही समस्या बनाए पनि केन्द्र र प्रदेश सरकारको पनि हामीलाई राम्रै सहयोग छ । हामीलाई कर्मचारी र अन्य पक्षले पनि सहयोग नै गर्नुभएको छ, जनतालाई पनि नबुझेको कुरा बुझाउँदै उनीहरुको पनि साथ सहयोग लिएर काम गरिरहेका छौं । अहिले जे जस्तो भए पनि यसपछिको समयमा काम युद्धस्तरमा गर्नेछौं ।
    संघीय र प्रदेश सरकारले मात्रै दिएर त यो नगरपालिका सम्पन्न हुँदैन, यहाँकै चाहि स्रोत साधन के छ त ?
    हाम्रो संघीय राजधानी काठमाडौं भित्रको पर्यटकीय क्षेत्रको नगरपालिका हो । हामी सबै प्रकारको जनशक्ति भएको नगरपालिकामा पर्छौं । हाम्रो संघीय सरकारसँग पनि राम्रो सम्बन्ध छ, प्रदेश सरकारसँग पनि राम्रो सम्बन्ध छ । हामी दुवैबाट सहयोग लिन सक्छौं, त्यो क्षमता राख्छौं । हामीसँग दक्ष जनशक्तिको पनि खाँचो छैन, दुवै सरकार र सरकारका सहयोगी निकायसँगको हाम्रो सम्बन्ध सम्पर्क पनि राम्रै छ, त्यसैले कतिपय योजना ल्याएका पनि छौं । विधि र प्रक्रियाअनुसार माग्दा खेरी भोलिका दिनमा थुप्रै योजनाहरु ल्याउन सक्छौं । तर, कार्यान्वयनको पाटो हाम्रो कमजोर छ, जसले गर्दा काममा केही समस्या हुन्छ । अहिले त झन् कोरोनाले कामै गर्न पाएका छैनौं । तर हामीलाई आयस्रोतको कुनै खाँचो छैन । हाम्रो नगरपालिका आफैंमा पर्यटकीय नगरपालिाका पनि भएकाले हामीलाई आयआर्जन गर्न केही समस्या छैन । यसबाहेक हाम्रो आफ्नै आम्दानीको स्रोत चाहीँ घर नक्सापास, मालपोत दस्तुर, घरबहाल कर आदि नै हुन् । यसबाट उठेको रकम र नपुगेमा संघीय सरकार र प्रदेश सरकारले दिएको सहयोगले हामीलाई जनताको हितमा काम गर्न पुगेको छ, हामीलाई समस्या छैन । एउटै समस्या भनेको योजना कार्यान्वयन र छनौटमा समस्या छ । त्यसलाई एउटा विधिमा हालेर त्यो समस्याको हल गर्नेतर्फ हामी लागिरहेका छौं । खान नपाएकालाई हामी खुवाउँछौं, पढ्न नपाए हामी पढाउँछौं, हामीलाई दिएको आधारभूत शिक्षालाई हामी ग्यारेन्टी गर्छौं, मावि शिक्षालाई सुलभ बनाउने कोसिस गर्छौं तर मावि शिक्षालाई हामी निःशुल्क गर्न सक्दैनौं । उहाँहरु र हामी मिलेर राम्रो गुणस्तरीय र प्राविधिक शिक्षा दिने काम गर्छौं । संघीय र प्रदेश सरकारसँग राम्रो समन्वय गर्छौं र हाम्रा आम्दानीका स्रोतको थप पहिचाहन गर्दै, जनताप्रति जिम्मेवार हुँदै नगरपालिकालाई समृद्ध बनाउने काममा लाग्छौं । हाम्रो जिम्मेवारी पनि नगरवासी जनताको हित र समृद्धि नै हो, त्यसमा हामी तलवितल नगरी आयस्रोत बढाउँदै नगरलाई सम्पन्न बनाउने छौं ।

    “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ भन्ने नाराकासाथ हामीले पर्यटकीय योजना पनि बनाएका थियौं । तर, त्यो कार्यान्वयनमा ल्याउन पाएका छैनौं, जसले गर्दा अहिले नगरको आम्दानीमा १ प्रतिशत पनि पर्यटनबाट कन्ट्रिब्यूसन छैन तर हामी निकट भविष्यमा पर्यटन पूर्वाधार समृद्धिको मुख्य आधारका साथ हामी अगाडि बढ्दैछौं । कृषि त स्वभाविकै रुपले हामी कृषिप्रधान देशका नागरिक तर हाम्रो नगरपालिका चाहिँ कृषिप्रधान छैन । हामी चाहिँ कृषि प्रधानबाट विस्थापित हुँदै वस्ती विस्तार नगरपालिकातर्फ लागिरहेका छौं ।”


    प्रदेश सरकारले त कृषिलाई निक्कै महत्व दिएको छ, तपाईंहरुले नि ?
    हाम्रो दूरदृष्टि सहितको दीर्घकालीन योजना चाहीँ पर्यटन नै हो, हामीले जनतालाई पनि यही भनेका हौं । स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ भन्ने नाराकासाथ हामीले पर्यटकीय योजना पनि बनाएका थियौं । तर, त्यो कार्यान्वयनमा ल्याउन पाएका छैनौं, जसले गर्दा अहिले नगरको आम्दानीमा १ प्रतिशत पनि पर्यटनबाट कन्ट्रिब्यूसन छैन तर हामी निकट भविष्यमा पर्यटन पूर्वाधार समृद्धिको मुख्य आधारका साथ हामी अगाडि बढ्दैछौं । कृषि त स्वभाविकै रुपले हामी कृषिप्रधान देशका नागरिक तर हाम्रो नगरपालिका चाहिँ कृषिप्रधान छैन । हामी चाहिँ कृषि प्रधानबाट विस्थापित हुँदै वस्ती विस्तार नगरपालिकातर्फ लागिरहेका छौं । हाम्रोमा त खेती गर्ने जग्गा जमिन नै छैन, वस्ती विस्तार भएर घर बनिने क्रम बढेको बढ्यै भएर शहरी प्रधान हुँदै गएका छौं, त्यसैले यो नगरपालिका कृषि उत्पादनमा चाहिँ छैन तर पनि हामी बेच्न नसके पनि तरकारीमा भने आफूलाई पुग्ने गरी अर्थात् निर्वाहमुखी हुनेगरी तरकारीमा आत्मनिर्भर हुनुपर्छ, हाम्रा करेसावारी र कौसीमा तरकारी लगाएर आत्मनिर्भर बन्नुपर्छ भनेर कौसी खेती कार्यक्रम नै ल्याएका छौं । हाम्रो बागमती प्रदेशमा धेरै क्षेत्र कृषि, तरकारी र पशुपालनमा राम्रो सम्भाव्यता भएको प्रदेश भएको हुनाले प्रदेश सरकारले कृषिलाई फोकस गरेर कार्यक्रम र बजेट ल्याएको छ । यसमा हामी पनि आफ्नो ठाउँबाट सकेको कन्ट्रिब्यूसन गर्नेछौं । यसबाहेक हाम्रो नगरपालिका चाहिँ पर्यटनको सम्भावना राम्रो भएकाले हामी चाहिँ बस्तीलाई व्यवस्थित गर्ने, सेवामुलक व्यवसायलाई अगाडि बढाउने, व्यक्तिगत उद्यमशीलतालाई प्राथमिकता दिने र रोजगारीको सृजना गर्ने योजनामा छौं । जसले गर्दा पर्यटनलाई नै हामीले पहिलो प्राथमिकतामा राखेका छौंं । अबको १० वर्षमा पर्यटन यहाँको मुख्य आम्दानीको स्रोत हुनुपर्छ भन्ने लक्षको साथ हामी काममा लागेका छौं । यसवर्ष हामी निकै काम गर्ने योजनामा थियौं, त्यसैले हामीले बजेटको भोलुम पनि निक्कै ठुलो नै ल्याएका थियौं । तर, कोरोनाले सोचे जसरी काम गर्न दिएन, जसले हामी खुम्चिएका छौं । हामी यो वर्ष नभएपनि अर्को वर्ष विकास निर्माणमा गुणात्मक रुपमै फड्को मार्नेछौंं ।
    संघीय सरकार र प्रदेश सरकारसँग कतिको समन्वय छ ?
    राम्रो समन्वय छ । संघीय सरकार र प्रदेशसँग हाम्रो गुनासो छैन । हामीले एउटै गुनासो गरेका छौं । तपाईहरुले ठुलाठुला योजनामा मात्र हात हाल्नुस्, स्थानीय स्तरका योजनामा हात हाल्नै पर्ने भएपनि हामीसँग समन्वय गरेर गर्नुस्, सानातिना काम हामी गर्छौ भनेका छौं । उहाँहरुले पनि मान्नुभएको छ, हामीलाई सहयोग नै गर्नुभएको छ । कहिलेकहीँ योजना छनौटमा समन्वय नहुने, हामीले गरेका काममा उहाँहरुलाई चित्त बुझाउन गाह्रो हुने, उहाँहरुले नै काम गरेको जनतालाई देखाउनुपर्ने, संघले आफैंले काम गरेको देखाउनुपर्ने र योजना छनौट र कार्यान्वयनमा कहिलेकहीँ समस्या आउने गर्छ । नत्र अन्य कुरामा हामीबीच राम्रो समन्वय हुन्छ, भइरहेको छ । हाम्रो संघीय सरकार र प्रदेश सरकारसँग कुनै गुनासो छैन ।
    तपाईं इच्छाशक्तिकासाथ काम गर्नसक्ने मेयरमै पर्नुहुन्छ, काम पनि गरिरहनुभएको छ, सफलता नै पाउनुभएको छ, थप सफलताका लागि जनतालाई केही भन्नुहुन्छ ?
    मुलुक र मुलुक बाहिर रहनुभएका आम नेपालीहरुमा कोरोना महामारीमा सचेत रही संक्रमणमुक्त हुनका लागि आ–आफ्नो ठाउँबाट पहल र पर्यत्न गर्नका लागि आग्रह गर्दछु । हामी पनि यो महामारीमा सचेतताका साथ अगाडि बढिरहेका छौं, बढ्छौं, हाम्रा नगरबासीलाई बचाउने अभियानमा कुनै कसर बाँकी नराखी लाग्ने छौं । तपाईंहरुको पनि हामीलाई उत्तिकै साथ र सहयोग चाहिन्छ । हामीले कुनै नराम्रो काम गर्यौं भने खबरदारी गर्नुहोस्, हाम्रो तर्फबाट कुनै आर्थिक अपचलन भएको भए खबरदारी गर्नुस्, हामीलाई प्रमाणसहितको सूचना दिनुस्, हामी आफ्नो ठाउँमा सतीसाल जस्तै उभिएर जिम्मेवारीकासाथ आफ्नो कर्तव्य पूरा गर्ने, नगरपालिकालाई बनाउने र जनतामा खुसी ल्याउन लाग्ने प्रतिबद्धता जाहेर गर्दछु । विकास निर्माणका काम हुन्छन् गरौंला तर अहिलेको महामारीको अवस्थामा बाँच्नु र बचाउँनु नै सबैभन्दा ठूलो काम भएकाले सुरक्षा सतर्कता अपनाई आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

    प्रस्तोताः टीबी विरही

    प्रतिकृया दिनुहोस्