काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलोपटक एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट दिन मिल्ने गरी सेवा सुरु गर्न लागेको छ ।
नेपालमै पहिलो पटक सुरु हुन लागेको एन्टिजेन प्रविधिबाट रु. २ हजारमा कोरोना परीक्षण पीसीआर गरी आधा घण्टामा रिपोर्ट पाउने गरी सेवा प्रदान गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले यसका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको नगर प्रमुख थापाले बताउनुभयो । यो सेवा आगामी असोज १ गतेबाट मुलपानी नगर अस्पतालमा सुरु गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । यो सेवा कोरोना परीक्षणका लागि छिटो, छरितो, भरपर्दाे र सस्तो हुने नगर प्रमुखले भनाई रहेको छ ।
एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण पीसीआर गर्न चाहने सबैलाई मुलपानी नगर अस्पतालमा सम्पर्क गर्न नगर प्रमुखले नगरबासीलगायत सबैलाई आग्रह गर्नुभएको छ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासी लगायत सबै पक्षलाई नगर प्रमुख थापाले आग्रह गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका कोभिडको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा लागिपरेको बताउँदै नगर प्रमुख थापाले कोभिडलाई समुदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको पनि बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नपामा एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट पाइने
आर्थिकसंसार डटकम२७ भदौ, २०७७
२७ भदौ, २०७७- महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना
- नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
- महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग
- प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
- बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना छुटे हाजिर जमानीमा
- नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने
- ग्लोबल आइएमईले सातवटै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम, चार हजार बढीको सहभागिता
- ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
- नेप्सेमा सिटिजन लाइफको बोनश शेयर सुचिकृत
- शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज