News Portal

  • मेलम्ची नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

    आर्थिकसंसार संवाददाता२५ भदौ, २०७७
    ६७८ पटक
    २५ भदौ, २०७७

    काठमाडौ । काठमाडौं विश्वविद्यालय धुलिखेल र मेलम्ची नगरपालिका बीच सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालय र मेलम्ची नगरपालिकाबीच आपसी सहयोग स्थापनाको लागि समझदरीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार काठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकाको दिगो विकासका लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारको लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासको लागि आवश्यक अल्पकालीन एवम् दीर्घकालीन परामर्श सेवा उपलव्ध गराउने छ ।
    समझदारीपत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकन्ठ मकाजु श्रेष्ठ र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गर्नुभएको छ । यस समझदारीले मेलम्ची नगरपालिकाको शिक्षक तालिममार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षणमा मद्दत पुग्ने, विपत्त व्यवस्थापनमा सहयोग पुग्ने, स्वरोजगारमुलक सीपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरणमैत्री दीगो पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्