News Portal

  • ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर निर्धारण

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७७
    ८५१ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रति हजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।
    कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ ।
    साथै कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।
    त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमा लेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्