News Portal

  • ग्रील व्यवसायी महासंघद्वारा सुरक्षाकर्मीलाई सुरक्षाका उपकरणहरु वितरण

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    ११८४ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्ने काम सुरु भएको छ ।
    ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी कोटेश्वरलाई खुट्टाले थिचेर हातमा सेनिटाइज गर्ने सेनिटाइजर सहितको स्टाण्ड निःशुल्क हस्तान्तरण गरेका छन् । यस्तै गरी महासंघमै आवद्ध जोरपाटी इकाइ समितिद्वारा महानगरीय प्रहरी वृत बौद्धलाई समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले पेडल हेण्ड्वास टेन्की सहितको स्टाण्ड र पेडल सेनिटाइजर स्टाण्ड हतान्तरण गरेका थिए भने भने बल्खु थानकोट इकाइ समितिका कोषाध्यक्ष दिलिप महर्जनले महानगरीय प्रहरी वृत किर्तिपुरलाई पेडल सेनिटाइजर स्टाण्ड निःशुल्क प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्