News Portal

  • एनएमबि बैंकले ६ महिनामा बढायो नाफा

    आर्थीकसंसार संवाददाता१० माघ, २०७८
    ८२६ पटक
    १० माघ, २०७८

    काठमाडौं । पछिल्लो ६ महिनामा एनएमबि बैंकले एक अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा बढी हो ।
    बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ८७ करोड ४१ लाख रुपैयाँ छ ।
    खुद नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १९.७० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी यो वर्ष घटेर १८.६४ रुपैयाँमा सीमित छ । अघिल्लो वर्ष १३ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बढेर २१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम ९ करोड रुपैयाँले बढेर ५ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ ।
    समीक्षा अवधिमा बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७२ अर्ब रुपैयाँ बढी कर्जा लगानी गर्न सफल भएको छ । जुन २०७७ पुस मसान्तसम्ममा क्रमशः १ खर्ब ६४ अर्ब र १ खर्ब ५१ अर्ब रुपैयाँ थियो ।
    त्यस्तै, बैंकको निष्कृय कर्जा २.३८ प्रतिशतटबाट घटेर १.४९ प्रतिशतमा झरेको छ । पीई रेसियो र प्रतिसेयर नेटवर्थ दुबै घटेर क्रमशः १८.९६ गुणा र १३६.८० रुपैयाँमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्