News Portal

  • महिला सहयात्रा लघुवित्तको साधारणसभाको एजेण्डा

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७७
    ८३६ पटक
    १३ भदौ, २०७७

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको साउना १९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार संस्थाको आर्थिक वर्ष २०७५/७६ को सातौं वार्षिक साधारणसभा केन्द्रीय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका–९ मकवानपुरमा बिहानको ११ बजेबाट सुरू हुने जनाएको छ ।
    संस्थाले सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने भएको छ ।
    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाको शेयर दाखिल खारेज बन्द गरेको थियो । त्यसकारण चैत्र ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

    04-Aug-2020apm14.indd

    प्रतिकृया दिनुहोस्