News Portal

  • सूर्या लाईफको १३औं साधारणसभाबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१९ पुष, २०७८
    १४०७ पटक
    १९ पुष, २०७८

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित गरेको छ ।
    साधारण सभाले १२.७० प्रतिशत बोनश शेयर र ०.६६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)सहित लाभांशको प्रस्ताव पारित गरेको हो । बोनश शेयर वितरणसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ नाघ्ने छ ।
    साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट केशवप्रसाद भट्टराई, हेमन्त नहाटा, विशाल अग्रवाल र विवेक झालाई सञ्चालक समिति सदस्य पदमा निर्वाचित गरेको छ । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट कृति टिवडेवाल र वीरेन्द्र बाबु श्रेष्ठलाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ ।
    कम्पनीले गत मंसिर मसान्तसम्ममा देशभरका १३५ वटा शाखाबाट १ लाख २२ हजार ९७० वटा बीमालेख बिक्री गरिसकेको छ । त्यसैगरी बीमालेखको बिक्रीबाट २ अर्ब १ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा २९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्