News Portal

  • एभरेष्ट बैंकले पुस एक गते डाक्यो साधारणसभा

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७८
    ९०८ पटक
    ९ मंसिर, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले पुस एक गते २७औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रीय कार्यालयबाटै बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुने बैंकले जनाएको छ ।
    सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर र ४.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । सभाले २०७८ असार ३१ गतेसम्मको लेखापरीक्षण तथा वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने विषय सूचि रहेको छ ।
    कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक हालको चुक्ता पुँजीको ६ प्रतिशतका दरले हुने ५३ करोड ३६ लाख रुपैयाँ बराबरको बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ भने ४.५ प्रतिशतका दरले हुने ३८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारितका लागि सिफारित गर्ने भएको छ । सभाले दुवै प्रस्ताव पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।
    प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ । पुँजी बृद्धि भएसँगै प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव साधारणसभा पेश हुनेछ । बैंकले प्रस्ताव गरेको लाभांश मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्ने छन् । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्