News Portal

  • माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७८
    ८५६ पटक
    ९ मंसिर, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।
    नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा रिवन काटी उद्घाटन गर्नुभयो । आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नु हुन्छ ।
    माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्