News Portal

  • युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७८
    १०८७ पटक
    ९ मंसिर, २०७८

    काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्गअन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि २०७८ साल मंसिर ८ गतेका दिन एक कार्यक्रमकाबीच कर्जा सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्