News Portal

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा मुर्कुटीमा शुभारम्भ

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७८
    १०८० पटक
    ८ मंसिर, २०७८

    काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सञ्चालनमा आएको छ । बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट नै आफ्नो ८६औं शाखारहित बैंकिङ सेवाको सुरू गरेको हो ।
    उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकले स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
    हालसम्म बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरुबाट सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्