News Portal

  • बीओकेका ग्राहकले दराजको योजनामा ३५ सयसम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७८
    १२९८ पटक
    २४ कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको ११.११ योजनामा ३ हजार ५०० सम्म छुट पाउने भएका छन् । आफ्ना कार्डवाहकलाई प्रविधि प्रयोगमा उत्प्रेरित गर्न बैंकले विशेष छुट योजना ल्याएको हो ।
    यसअन्तर्गत दराजको ११.११ योजनामा बैंकका कार्डवाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजार ५०० सम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
    कार्डवाहकले यो योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्म छुट पाउनेछन् । क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजार ५०० सम्म छुट पाइनेछ ।

    प्रतिकृया दिनुहोस्