News Portal

  • कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित

    आर्थीकसंसार संवाददाता
    १६७४ पटक

    २३ कार्तिक, २०७८
    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन् । आज सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी सहित छ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो ।
    आचार्य संस्थापक समूहबाट सञ्चालक पदमा पुनः निर्वाचित भएका हुन् । साधारणसभा सम्पन्न भएपश्चात बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्