News Portal

  • स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    १४६७ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । नेपालको पहिलो एटिएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
    पोखरेल मिति २०७८ कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट चयन हुनु भएको हो । २०७८ कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोबारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो । साथै, मुलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउँदै उहाँले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताउनु भयो ।
    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानीसम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालक (Payment Service Operator – PSO) को इजाजतपत्र प्राप्त कम्पनी हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवद्र्वक रहेका छन् । यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवाह भइरहेको छ । कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा Digital Payment Platform, SMART QR, Digital Banking ServicePayment gateway को सेवा समेत उपलब्ध गराउदै आएको छ ।
    उक्त कार्यक्रममा अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीतिअनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढ्न प्रतिबद्घता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, निर्देशक निश्चल अधिकारी, उपनिर्देशक तीर्थ ओझाका साथै एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्