आर्थिकसंसार संवाददाता

नेपाल एसबिआई बैंक र चिराय् नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्र्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुुविधामा सो छुुट प्राप्त गर्नसक्नेछन् । उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त तथा चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.का निर्देशक संजिव राजभण्डारीका बीच सम्पन्न भयो ।