News Portal

  • पछिल्लो २४ घण्टामा १३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    १११९ पटक
    ५ असोज, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ३० जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्