News Portal

  • ई–सेवाको चार्ड पर्वको बहार, दिनदिनै उपहार योजना

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    ९५० पटक
    ५ असोज, २०७८

    काठमाडौं । ई–सेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चार्ड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजना असोज २ गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।
    यस योजना अन्तर्गत ई–सेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्ने जनाएको छ ।
    यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सयभन्दा बढी मुलुकबाट ई सेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । ई–सेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिने कम्पनीले बताएको छ । यस योजनामा ६० जनाले मिक्स, ८ जनाले रेफ्रिजेरेटर, २ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ ।
    ई–सेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट ई–सेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्