News Portal

  • साधना लघुवित्तले दियो शाखा प्रमुखलाई धितो कर्जा व्यवस्थापन तालिम

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    ७६५ पटक
    ५ असोज, २०७८

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा व्यवस्थापनसम्बन्धी तालिम दिएको हो । तालिममा २६ वटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
    तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र विधिहरु, धितो मूल्याङ्कन र पक्रिया एवम धितो निरक्षणका लागि प्रयोग गर्न सकिने विविध मोबाईल एप्लिकेशनहरुको बारेमा जग्गा व्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक लेखनाथ दाहाल एवम धितो कर्जा प्रवाहको विधि र व्यवसाय प्रवद्र्धनको तरिकाहरु र प्रभाबकारी कर्जा असुली र वार्ता विधिहरुको बारेमा श्रवण कुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवम सहजीकरण गरेको कम्पनीले जनाएको छ ।
    संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले धितो कर्जाको व्यवस्थापन, प्रभावकारी धितो निरीक्षणका आधारभूत ज्ञान कौशल एवम कर्मचारीहरुको सिकाई उपलब्धिको मापन, उत्पादकत्व क्षमताको अभिबृद्धि, गरी संस्थागत व्यवसाय प्रवद्र्धन गर्न साथै शाखा प्रमुखहरुमा वित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा नीति नियमहरुको जानकारी र व्यवस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । कम्पनीले ८६ वटा शाखा कार्यालयहरुमार्फत हाल ७५ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्