News Portal

  • कृषि विकास बैंकको नयाँ शाखा नेपालगंजको पिपरीमा विस्तार

    आर्थीकसंसार संवाददाता५ असोज, २०७८
    १०७८ पटक
    ५ असोज, २०७८

    काठमाडौं । कृषि विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका छन् ।
    सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको कृषि बैंकले अरुलाई जोडने मुल नारा रहेकाले सयम परिस्थितिअनुसार अन्य क्षेत्रलाई समेट्दै लगेतापनि कृषि क्षेत्रलाई विशेष जोड दिने बताए ।
    कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, जसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिनसमेत सहज हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस्