News Portal

  • ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान प्रारम्भ

    आर्थीकसंसार संवाददाता४ असोज, २०७८
    ८९२ पटक
    ४ असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका नब्बेभन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
    ‘काम गरी आय आर्जन गरौं– बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न सकिरहेको छैन । अर्कोतिर देशमा स्वरोजगारीका प्रशस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरुमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।
    दुईदिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख शुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा बीमा क्षेत्रसँग दुई दशकदेखि जोडिनु भएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा। दामोदर बस्यौलाले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देशभरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको छ । जिल्लास्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पौष मसान्तभित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । आव २०७८/०७९ भित्र यो कार्यक्रम सञ्चालन गर्न महालक्ष्मी लाईफ इन्स्योरेन्सको सञ्चालक समितिले रु। २०,००,०००।– (विस लाख) बजेट विनियोजन गरेको पनि जानकारी गराएको छ ।

     

    प्रतिकृया दिनुहोस्