News Portal

  • लक्ष्मी बैंकद्वारा नयाँ शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    २२१३ पटक
    १ असोज, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारलाई दरिलो बनाउने हेतुले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
    उक्त शाखा कार्यालयबाट स्थानीय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु व्यवसायहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
    हालसम्म बैंकले देशभरका ४९ जिल्लामा १३७औं शाखा कार्यालय र १६७ एटिएमबाट आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्