News Portal

  • बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८
    २०७२ पटक
    ३० भदौ, २०७८

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
    फाइनान्सको आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको जनाइएको छ ।
    फाइनान्सको यससाधारण सभाबाट संस्थापक शेयरधनीतर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनीतर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।
    फाइनान्स कम्पनीको चुक्ता पुँजी रु. ८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्