News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा पाँच विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७८
    २१७५ पटक
    २९ भदौ, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघ–संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भदौ महिनामा मात्रै ५ विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बैंकले जनाएको छ ।
    बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरता अभियानमा सहयोग पुग्ने गरी फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीका लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेशनल प्रालिलाई सहयोग गरेको छ ।
    त्यस्तै, कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राही बस्ने प्रतीक्षालयमा कुर्सी अभाव हटाउन बैंकले ३ थान ३ सिटरको फलामे कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तान्तरण गरेको छ ।
    साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउन रेस्ट फाउन्डेशनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि आवश्यक किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेको छ । भैंसेपाटीस्थित प्रगति युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गरिएको बैंकको भनाइ छ ।
    बैंकले आर्थिक स्थिति कमजोर भएका कास्कीको पोखरा महानगर–२२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

    प्रतिकृया दिनुहोस्